१९ बैशाख २०८१, बुधबार | May 2, 2024

आजको मौसम : कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर आज दिनभर नै मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ-तेका कारण नेपालको मौसम परिवर्तन भएको छ । अहिले प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको समेत महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ७ : ५८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी