१८ असार २०८३, बिहिबार | July 2, 2026

कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक आज बस्दैछ ।
संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा दिउँसो साढे २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा बजेट, कोरोना संकट र सरकारको विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले अल्पमतको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन लागेको आशंका गरेको छ । संसदमा विश्वासको मत नलिई पूर्ण बजेट ल्याउन नपाउने कांग्रेसको जिकिर छ । पूर्णबजेटका लागि ल्याउनुपर्ने नीति तथा कार्यक्रम र प्रिबजेटमाथि छलफलका लागि संसद चालु हुनुपर्नेमा सरकारले अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन ।

यस्तै कांग्रेसले सरकार कोरोना महामारी नियन्त्रणमा पूर्णतः असफल भएको बताइरहेको छ । चारैतिरबाट असफल सरकारलाई विस्थापन गरेर अझै पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन सकिने अवस्था कायमै रहेका कारण कांग्रेसले आफ्नो धारणा बनाउन बैठक छसफल हुनेछ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १० : २२ बजे

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६