५ पुस २०८२, शनिबार | December 20, 2025

अध्यक्ष ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाएका छन् ।

आजै भैरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई माधवकुमार नेपाल पक्षले मतदान नगरेको स्पष्ट भएपछि ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

नेपाल पक्षले भोट नदिने थाहा पाएका ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हिजो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै मतदान नगर्नेलाई कारवाहीको चेतावनी दिएका थिए ।

बैठकमा नेपाल पक्षसँग सहमति खोज्नका लागि बनेको कार्यदलको प्रगतिबारे पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १० : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता