१८ असार २०८३, बिहिबार | July 2, 2026

पार्टीका उम्मेदवार विरुद्ध मतदान गर्नु भर्त्सनायोग्य भएको एमालेको निस्कर्ष



काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको पक्षमा मत नदिनुलाई गम्भीर भएको निस्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका उम्मेदवारको पक्षमा मत नदिई विपक्षमा मतदान गर्नुलाई पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको ठहर गरेको हो । बैठकले आधिकारिक उम्मेदवार विरुद्ध मतदान गर्ने कार्यको भर्त्सना गरेको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको एमालेले निस्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदान नगरेको विषयमा छलफल भएको बताए । बैठकमा माधवकुमार नेपाल पक्षका जनप्रतिनिधिले थापालाई मतदान नगरेकोबारे छलफल भएको थियो । प्रवक्ता ज्ञवालीले पार्टीमा एकताभावका लागि कार्यदल बनेपछि पनि पार्टीका विपक्षमा मतदान गर्ने कुरालाई सामान्य रूपमा लिन नसकिने जनाए । ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’

नेपाल पक्षले विपक्षी गठबन्धनसँग मिलेर आफु निकट डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको थियो । पार्टीका उम्मेदवारलाई भोट दिन एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरलेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : ४४ बजे

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा