१८ असार २०८३, बिहिबार | July 2, 2026

गनगन गरेर नबसौँ, राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गरौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुलाई आह्वान गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समयसीमा तोकी जारी गरेको वक्तव्य प्रति बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि नेता थापाले आग्रह गरेका छन् ।

उनले भनेका छन ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो’, गगनले भनेका छन्, ‘गनगन गरेर नबसौँ । सुझबुझ पुर्‍याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ,महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ ।’

महाअभियोगको प्रस्ताव पारित हुन संसदको दुई तिहाई बहुमत चाहिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ८ : ०८ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका