५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । चरम विवादका बीच एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बुधबारका लागि तय भएको बैठक ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित भएपछि स्थगित भएको थियो ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने शीतल निवास पुगेलगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट सहभागी कार्यदलका सदस्यको बैठक सुरु गरेका छन् । कार्यदलको एक पक्ष ओगट्ने नेपाल पक्षीय नेता माधवकुमार नेपाल स्वयं वीपक्षी गठबन्धन सहित सितल निवास पुगेका बेला सिंहदरवारमा बैठक सुरु भएको हो । मंगलबार बसेको पहिलो बैठकले कार्यदलको कार्यबिधि, क्षेत्राधिकार तथा आचारसंहित बनाउने बिषयमा छलफल भएको थियो । मंगलबारको बैठकले तय गरेको बिषयहरुलाई टुंगो लगाउन बिहीबार बस्ने भनिएको बैठक नेपा शंकर पोखरेल अनुपस्थित भएका कारण स्थगित भएको थियो । यद्देपी पहिलो बैठकमा पनि ओली पक्षकै नेता बिष्णु पौडेल र पोखरेल अनुपसिथ्त रहेका थिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

गत बिहीबार चपली हाइटमा भएको छलफलमा अध्यक्ष ओली र नेपालबीच विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ४१ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा