७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु



काठमाडौं । चरम विवादका बीच एमाले विवाद मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बुधबारका लागि तय भएको बैठक ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अनुपस्थित भएपछि स्थगित भएको थियो ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा दाबी प्रस्तुत गर्ने शीतल निवास पुगेलगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट सहभागी कार्यदलका सदस्यको बैठक सुरु गरेका छन् । कार्यदलको एक पक्ष ओगट्ने नेपाल पक्षीय नेता माधवकुमार नेपाल स्वयं वीपक्षी गठबन्धन सहित सितल निवास पुगेका बेला सिंहदरवारमा बैठक सुरु भएको हो । मंगलबार बसेको पहिलो बैठकले कार्यदलको कार्यबिधि, क्षेत्राधिकार तथा आचारसंहित बनाउने बिषयमा छलफल भएको थियो । मंगलबारको बैठकले तय गरेको बिषयहरुलाई टुंगो लगाउन बिहीबार बस्ने भनिएको बैठक नेपा शंकर पोखरेल अनुपस्थित भएका कारण स्थगित भएको थियो । यद्देपी पहिलो बैठकमा पनि ओली पक्षकै नेता बिष्णु पौडेल र पोखरेल अनुपसिथ्त रहेका थिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

गत बिहीबार चपली हाइटमा भएको छलफलमा अध्यक्ष ओली र नेपालबीच विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई