७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा घट्न थाल्यो कोरोना ग्राफ : ३७० जना थपिदा, ४९७ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ९४९ जनाको कोरोना परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा धेरै ११२ जनामा नयाँ संक्रमित थपिएका छन । त्यस्तै तिलोत्तमामा ७९ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, देवदह नगरपालिकामा १९ जना, सैनामैना नगरपालिकामा ६२ जना, कञ्चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १२/१२ जना, सियारी गाउ्रँपालिकामा ११ जना, रोहिणी गाउँपालिकामा ६ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिकामा ४ जना, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका र कोटहीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ६८१ पुगेको छ । जसमध्ये १८ हजार ७३५ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४९७ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ५६० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा  रुपन्देहीमा ५ जना संक्रमितको मात्र मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ०० बजे

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै