३ भदौ २०८३, बुधबार | August 19, 2026

देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेशको माग गर्दै पाँच दलका सांसदहरु सर्वोच्चमा



काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।

रिट निवेशन पेश गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित शीर्ष नेता र सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च पुग्ने सांसदहरुमा लीलामणि पोखरेल, मातृका यादव, शशी श्रेष्ठ, धर्मशिला चापागाईंलगायत छन्।

स्वास्थ्य सुरक्षाका लागि भौतिक दुरी कायम गर्न भन्दै सुरुमा शीर्ष नेताहरु अदालत पुगेर रिट निवेदन दर्ता गर्ने र क्रमशः सानो सानो समूह बनाएर रिट निवेदनमा हस्ताक्षर गरेका १४६ सांसदहरु सर्वोच्च अदालत पुग्ने गरी व्यवस्था मिलाईएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति देउवाले १४६ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

विपक्षी गठबन्धनका नेताहरुले रिट निवेदनमा काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले रिट निवेदन पेश गरेका हुन् ।

परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित भएका छन् ।

विपक्षीहरुले तयार पारेको रिटमा धारा ७६[५] मा जानका लागि सिफारिस गरिसकेपछि प्रधानमन्त्री ओलीको बैधता समाप्त भएको र राष्ट्रपतिले १४९ सांसदको बहुमत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख छ ।

सर्वोच्च जानु अघि पाँचै दलका शीर्ष नेताहरु कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएर छलफल गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १ : ४२ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार