१५ बैशाख २०८१, शनिबार | April 27, 2024

महामारी नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सरकार तयार : स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा सकारात्मक रहेको जनाएका छन् ।

स्वास्थ्यमन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले विज्ञहरुले दिएको सुझावको आधारमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन सरकार सकारात्मक रहेको बताएका हुन् ।

त्रिपाठीले महमारी नियन्त्रणका अनेकौं प्रयासका बाबजुद अझै पनि नियन्त्रणमा लिन नसकिएको स्वीकार गरे । काठमाडौं उपत्यकामा संक्रमणदर घटेपनि अन्य जिल्लाहरुमा बढेको उनले बताए ।

यद्यपी, आगामी चार साताभित्र संक्रमण घट्ने उनले विश्वास व्यक्त गरे । त्रिपाठीले औषतमा दैनिक २० हजार जनामा परीक्षण गर्दा ८ हजारको आसपास संक्रमित फेला परिरहेको तथ्यांक बताए । उनले हालसम्म १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा बसिरहेका छन् । ७ हजार ३५० जना मात्र विभिन्न अस्पताल एवं आइसोलेसन केन्द्रमा रहेका छन् ।
मन्त्री त्रिपाठीले विभिन्न देशसँग खोप खरिदका लागि छलफल भैरहेका जानकारी दिए । यसैगरी विभिन्न देश र सहायता संस्थाहरुबाट नेपललाई स्वास्थ्य सामाग्रीको सहयोग भैरहेको बारे पनि जानकारी गराए।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ०७ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको