१६ चैत्र २०८२, सोमबार | March 30, 2026

महामारी नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन सरकार तयार : स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा सकारात्मक रहेको जनाएका छन् ।

स्वास्थ्यमन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले विज्ञहरुले दिएको सुझावको आधारमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन सरकार सकारात्मक रहेको बताएका हुन् ।

त्रिपाठीले महमारी नियन्त्रणका अनेकौं प्रयासका बाबजुद अझै पनि नियन्त्रणमा लिन नसकिएको स्वीकार गरे । काठमाडौं उपत्यकामा संक्रमणदर घटेपनि अन्य जिल्लाहरुमा बढेको उनले बताए ।

यद्यपी, आगामी चार साताभित्र संक्रमण घट्ने उनले विश्वास व्यक्त गरे । त्रिपाठीले औषतमा दैनिक २० हजार जनामा परीक्षण गर्दा ८ हजारको आसपास संक्रमित फेला परिरहेको तथ्यांक बताए । उनले हालसम्म १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा बसिरहेका छन् । ७ हजार ३५० जना मात्र विभिन्न अस्पताल एवं आइसोलेसन केन्द्रमा रहेका छन् ।
मन्त्री त्रिपाठीले विभिन्न देशसँग खोप खरिदका लागि छलफल भैरहेका जानकारी दिए । यसैगरी विभिन्न देश र सहायता संस्थाहरुबाट नेपललाई स्वास्थ्य सामाग्रीको सहयोग भैरहेको बारे पनि जानकारी गराए।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ४ : ०७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित