७ आश्विन २०८३, बुधबार | September 23, 2026

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु एक घाईते



बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाईते भएकी छन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ बर्षिया चन्द्रा विकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी तिन बर्षिया छोरी दिपिका वि.क. घाईते भएकी छन् । गर्र्मीका कारण घर बाहिर आँगनमा बसिरहेका उनीहरुलाई सोमबार बेलुकी ९ बजे तिर हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते दीपिकालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक सुरेश सुवेदीले बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठ सहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडी बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी गराए । घटनाको विषयलाई लिएर गेरुवा गाउँपालिकाबासी आक्रोशित भएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १० : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई