१२ बैशाख २०८१, बुधबार | April 24, 2024

थपियो रुपन्देहीमा जेठ २० गते सम्मका लागि निषेधाज्ञा



बुटवल । रुपन्देही जिल्लामा जारी निषेधाज्ञालाई जेठ २० गते सम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव नघटेको विश्लेषण गर्दै आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मको लागी निषेधाज्ञा थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले यस अघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधी थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाईका साथ कार्यान्वयन गराईने बताए । यस अघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।

नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेको ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारीले अध्यादेश बमोजिमको आदेश उल्लंघन गर्नेलाई तत्काल ब्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

थप गरिएको निषेधाज्ञामा पनि पुर्ववत शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ ।

अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  २ : ३८ बजे

उज्यालो बन्दै बुटवल, नगरका अधिकांश चोकहरुमा धमाधम हाइमाष्ट लाईट जडान गरिँदै

बुटवल । सडक बत्तिको उचित प्रबन्ध नहुँदा अँध्यारो चोकहरुको फाइदा

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा