४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुदुरपश्चिम सरकार नछोड्ने तीन मन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण



धनगढी । सुदरपश्चिम प्रदेश सरकारबाट बाहिरिन दिएको स्थायी कमिटीको निर्णय उल्लंघन भएपछि एमालेले तीनजना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने निर्णय गर्ने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको हो। हिजो बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो ।

एमालेको ओली पक्षका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आज संसदीय दलका प्रमुख एवं मन्त्री प्रकाशबहादुर शाहसहित अन्य मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् । सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको भन्दै २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएका छन् ।

स्पष्टीकरण सोधिएकाहरूमा मन्त्रीहरूमा प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्ट रहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ३ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको