१२ बैशाख २०८१, बुधबार | April 24, 2024

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । पक्राउ परेका उनीहरुले अस्पतालमा कार्यरत एकजना नर्सलाई घाँटी च्यापेर आक्रमण गरेको र अन्यलाई पनि साँघातीक आक्रमण गरेको अभियोग लगाउँदै बाँके प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको हो ।

उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक सुभास खड्काले बताए । उनीहरुलाई आजै प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए ।

कोरोना संक्रमण भई भेरी अस्पतालमा उपचार गराईरहेका दाङका डिल्ली बहादुर रावतको बिहिबार राती मुत्यु भएपछि मृतकका भाई मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावत समेतले अस्पतालका नर्सिङ स्टाफ सुदिक्षा गैरेको घाँटी च्यापेर मार्न खोजेका थिए भने डा. चन्द्रप्रकाश शाहु, नर्सहरु बन्दना श्रेष्ठ र आश्वीनी गुरुङलाई सांघातीक आक्रमण गरेका थिए । उनीहरु आक्रमणकारीबाट ज्यान जोगाउन बाथरुमको झ्याल फोडेर पहिलो तलाबाट हाम्फालेका थिए ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मृतकका भाई तुलसीपुरका मानबहादुर रावत र छोराहरु भरत राउत र लोकराज रावतमाथि मुद्दा दर्ता भएको र अन्यको खोजि भईरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ४० बजे

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै

प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख