२४ बैशाख २०८१, सोमबार | May 6, 2024

हौसला थपियो



जेठ १५ । अर्थात हामीले पाइला टेकेको पहिलो दिन । श्रमजीवि सञ्चारकर्मीहरुको पहलमा संघीय राजधानी काठमाडौं र लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट एकैदिन कार्यालय सञ्चालनमा गरी खबरकुरा डटकम सञ्चालनमा आएको थियो । संज्ञान मिडिया प्रालीअन्तर्गत संचालित खबरकुरा डटकम आज एक वर्ष पुगेको छ । चुनौती नै चुनौतीका चाङको बीचमा पहिलो वर्ष पुरा गर्न पाएको खुशी हाम्रा पाठक, विज्ञापनदाता, सुभचिन्तक र आलोचकहरुसँग समेत साट्न पाउँदा हामी आफैलाई गौरवान्वित सम्झिएका छौं । हामीसँग जोडिएका सबै स्टेकहोल्डरहरुलाई हामी हृदयदेखि नै नमन गर्न चाहन्छौं । पहिलो वार्षिकोत्सवको विशेष अवसरमा हामी व्यावसायिक पत्रकारिता र आदरणीय पाठकहरुप्रति अझ जिम्मेवार बन्ने प्रतिवद्धता गर्न चाहन्छौं ।

त्यसो त, आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोलनको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भएको थियो । ऐतिहासिक उथलपुथलकारी दिनको अवसर पारेरै हामीले नयाँ कामको सुरुवात गरेका थियौं । पत्रकारितामा डिजिटल विधाको रुपमा स्थापित अनलाइन मिडियामा हामी प्रवेश गरेका थियौं । गणतन्त्र दिवसको अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुप्रति शुभकामना व्यक्त गर्दछौं ।

डिजिटल मिडियाको व्यापक विस्तार भैरहेको अवस्थामा विकल्पहरु पाठकसामु छन् । मिडियाको भीडबाट हाम्रा पाठकलाई अझ उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री दिलाउनु नै हाम्रो मूल लक्ष्य हो । न्यूज रुममा कृतिम कथा बुनेर पाठकलाई त्यसको भारी बोकाउन हामी चाहँदैनौं । सिद्धान्ततः संचारकर्मीले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ । हामी यो सिद्धान्तमा अडिग छौं ।

अनलाइन मिडिया संचालन गर्नु हेर्दा सहज जस्तो लागे पनि चुनौतीपूर्ण रहेको छ । चुनौतीलाई सामना गर्न सक्नेको मात्र भविष्य छ । हामी श्रमजीवि संचारकर्मीले यो चुनौती स्वीकार गरेर नै खबरकुरा सञ्चालनमा ल्याएका थियौं । हाम्रा पाठकको मायाले भने हामीलाई सबैखाले चुनौती पार गर्न अझ बढी उत्प्रेरणा मिलेको छ ।

यतिबेला कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ । महामारी नियन्त्रणका लागि भन्दै सिंगो देश नै निषेधाज्ञामा छ । एकातिर, एकवर्ष भन्दा अघिदेखि सुरु भएको महामारी नियन्त्रणमा राज्यले प्रभावकारी तयारी नगर्दा स्वास्थ्य पूर्वाधारहरु भताभुंग छन् । अग्रमोर्चामा खटिएका योद्धाहरुको अथक प्रयासले मात्रै जनताको जीवन बचाउन प्रयत्न भएको छ ।

राज्यसंचालकहरु भने सत्ता जोगाउन व्यस्तछन् । उनीहरुको नजरमा सब ठिकठाक छ । जनताले अक्सिजन नपाएर जीवन गुमाउनुपर्दा पनि सत्ताको फोहोरी खेल जारी छ । अर्कोतिर, आर्थिक गतिविधि ठप्प छन् । राष्ट्रिय अर्थतन्त्रको संकुचन बढ्दो छ । देश झनझन परनिर्भर बन्दैछ । देशको इज्यत प्रतिष्ठा र अर्थतन्त्रलाई धरासायी बनाउन गरिएका भ्रष्टाचारजन्य अपराध बढ्दो क्रममा छ । उद्योग व्यवसाय संचालनको वातावरण राम्रो नबन्दा देशभित्रको पूँजी पलायन भैरहेको छ । कृषि उत्पादन, व्यवसायिकरण र बजारीकरणको सही नीति नबन्दा कृषिजन्य वस्तुको परनिर्भरता उदेकलाग्दो छ । यी महत्वपूर्ण विषयमा खबरकुराको खबरदारी निरन्तर जारी रहनेछ । मूलतः हामी आम जनताको कोणबाट मात्र लेखिरहनेछौं । जनपक्षीय पत्रकारिताको यात्रामा कुनै दायाँवायाँ हुनेछैन ।

अन्त्यमा, हाम्रो लेखाइ र प्रस्तुतीमा हामी सधैं सजग बन्नेछौं । सन्तुलित खबरको विश्वसनीय संयोजन हाम्रो भिजन हो । खबरकुरा डट कमलाई हाम्रा पाठकको माया मिल्नेछ । पाठकको सुझाव र आलोचना नै हाम्रो मार्गदर्शन बनिरहनेछ । ‘तपाईं हुनुहुन्छ जहाँ, देश दुनियाँको खबर पुग्छ त्यहाँ’ भन्ने सन्देशसहित हाम्रो यात्रा सुरु भएको थियो । दोस्रो वर्षमा पनि यो यात्रा अविचल रहनेछ । बदलिएको परिस्थितिमा चुनौतीका बीच पनि पाठकलाई निरन्तर सुसूचित गराइहनेछौं ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ९ : ३० बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा