१९ बैशाख २०८३, शनिबार | May 3, 2026

प्रधानमन्त्री र जसपा ठाकुर–महतो पक्षबीच छलफल, एकदुई दिनमै सरकारमा जाने तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको ठाकुर महतो पक्षबीच सरकारमा सहभागिताका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताद्वय ठाकुर र महतोले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । सरकारमा सहभागि हुने विषयमा अन्तिम छलफल गर्न उनीहरु प्रधानमन्त्री निवास गएको जसपाका एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर महतो पक्षले समर्थन गर्दै आएको छ । आफ्नो सरकार टिकाउन मुख्य सहयोगी बनेका ठाकुर महतोलाई राम्रै गरी रिझाउने गरी ओलीले मन्त्रालयको अफर गरेका छन् ।

राजेन्द्र महतोको नेतृत्वमा उपप्रधानमन्त्री र गृहमन्त्रीसहित आठवटा मन्त्रालय जसपाले पाउने बताइएको छ । उपेन्द्र यादव पक्षका नेतालाई समेत आफुसँगै राख्न ठाकुर महतो पक्षले आठ मन्त्री र दुई राज्यमन्त्री मागेकोमा ओलीले हरियो वत्ति बालिसकेका छन् ।

तर, ओलीलाई समर्थन गर्ने र सरकारमै सहभागी हुने विषयले जसपा भने फुटको अन्तिम अवस्थामा पुगेको छ । एमाले सांसद महेश बस्नेतको योजनामा भक्तपुरको डोलेश्वरमा पुगेर राजेन्द्र महतोलाई संसदीय दलको विधान विनै दलको नेता चयन गरेको यो समुह उपेन्द यादव पक्षसँग छुट्एिरै भए पनि यतिबेला प्रधानमन्त्री ओलीसँग नजिक बनेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ५० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय