१७ बैशाख २०८१, सोमबार | April 29, 2024

औषधि कालोबजारी गरेको अभियोगमा मेडिकल संचालक पक्राउ



मोरङ । मोरङमा औषधि कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

औषधि कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक सोही ठाउँ बस्ने ३५ वर्षीय रवि कुमार रजकलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनालाई पक्राउ गरेको हो ।

उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १ : १० बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको