३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

राष्ट्रियसभा उपनिर्वाचन : मतदान सकियो, ३ जना मतदाता अनुपस्थित, मतगणना सुरु हुँदै



दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन सम्पन्न भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधिले मतदान गरेका छन् । ३०० मतदाता भएको प्रदेशमा ३ जना मतदाता भने अनुपस्थित भएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले जानकारी दिएरै मतदानमा सहभागी भएनन् भने बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका कारण मतदानमा सहभागी भएनन् । यसैगरी गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भएका कारण उपस्थित हुन नसकेको बताईएको छ । स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्।

मतदान सकिएसँगै केहीबेरमा मतगणना सुरु हुने र आजै मत परिणाम घोषणा हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतगणना अर्चुअल माध्यमबाट सार्वजनिक गरिने आयोगले व्यवस्था मिलाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ३ : २१ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा