२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रियसभा उपनिर्वाचन : मतदान सकियो, ३ जना मतदाता अनुपस्थित, मतगणना सुरु हुँदै



दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन सम्पन्न भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधिले मतदान गरेका छन् । ३०० मतदाता भएको प्रदेशमा ३ जना मतदाता भने अनुपस्थित भएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले जानकारी दिएरै मतदानमा सहभागी भएनन् भने बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका कारण मतदानमा सहभागी भएनन् । यसैगरी गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भएका कारण उपस्थित हुन नसकेको बताईएको छ । स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्।

मतदान सकिएसँगै केहीबेरमा मतगणना सुरु हुने र आजै मत परिणाम घोषणा हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । मतगणना अर्चुअल माध्यमबाट सार्वजनिक गरिने आयोगले व्यवस्था मिलाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ३ : २१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले