४ भदौ २०८३, बिहिबार | August 20, 2026

राष्ट्रियसभा उपनिर्वाचन मतगणना जारी, स्थानीय तहमा कांग्रेस उम्मेदवारको अग्रता



दाङ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यकका लागि आज भएको उपनिर्वाचनको मतगणना भैरहेको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।

स्थानीय तहबाट २१२ मत गन्दा ११८ मत कांग्रेस उम्मेदवारले प्राप्त गरेका छन् । जसको कुल मतभार २१२४ रहेको छ । यस्तै एमालेका उम्मेदवारले ९३ मत पाएका छन् । उनको मतभार १६७४ रहेको छ । एक मत बदर भएको छ ।

यसैस्थानमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनाले मत हालेका थिए । ३०० जना मतदाता रहेकोमा स्थानीय तर्फबाट ३ जना अनुपस्थित भएका थिए ।

निर्वाचनमा नेपाली काँग्रेसका दृगनारायण पाण्डे र नेकपा एमालेका चन्द्रबहादुर खड्का चुनावी मैदानमा छन् ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित खड्काले दल त्याग गरेपछि रिक्त स्थानमा आज मतदान भएको हो । खड्कालाई एमालेले पुनः उम्मेदवार बनाएको छ । यस्तै, प्रदेशसभामा एमालेका सांसद रहेका पाण्डेले एकमहिना अघि एमाले परित्याग गरेपछि कांग्रेस, माओवादी र जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् ।

केही बेरमै आउने नतिजाले खड्का पुनः इन्ट्रिीमार्छन् कि पाण्डे प्रदेशसभाबाट राष्ट्रियसभा पुग्छन् भन्ने निक्र्यौल हुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : १२ बजे

उद्योगी व्यवसायीको एजेण्डाबाट विमुख उद्योग वाणिज्य संघको निर्वाचन

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यवसायीलाई यतीबेला चुनाव लागेको छ ।

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल