२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पीडित किसानको साथमा स्थानीय सरकार



स्याङ्जा । गल्याङ नगरपालिका-११ जिमुहाँका किसान व्यावसायिक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन् ।

तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाका साथ यो पेशामा लागेका किसानलाई भने यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले चिन्तित बनाएको छ ।

स्थानीय सरकार पनि किसानको पिडालाई सकेसम्म हल गर्ने अभियानमा लागेका छन् । संक्रमणका कारण अस्पतालमा श्रीमतीको मृत्यु भएपछि काजक्रियामा रहेका किसान चन्द्रकान्त डुम्रे आफूले दुःख गरी लगाएको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि श्रीमतीको मृत्युसँगै बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा रहेका तरकारी बारीमै कुहिएर जाने अवस्था आएको बताए ।

नगरपालिकाले उनले डुम्रेको तरकारी बारीमा फलेका तरकारी नगरपालिकाकै सवारी साधनमा बारीमै पुगेर संकलन गरी बजारमा बिक्री वितरण गरिदिएपछि केही राहतको महशुस गरेका छन । परिवारमा मृत्युको पीडा भोगिरहेको डुम्रे परिवारको लागि गल्याङ नगरपालिकाले खेतबारीमै कुहिएर जाने अवस्थामा रहेको तरकारी बजारमा लाने व्यवस्था मिलाएपछि नगरपालिकाको यो कार्य डुम्रे परिवारको लागि दुःखेको घाउमा मलम बन्न पुगेको छ ।

आइतबार नगरपालिकाको सवारीसाधन सहितको टोलीले डुम्रेको तरकारी बारीमा उत्पाद भएका गोलभेडा, घिरौला, सिमी, करेला, लौका लगायतका तरकारी गरी करिब ४ सय किलो तरकारी बजारमा विक्रिवितरण गरेको छ । डुम्रेको परिवारमा श्रीमतीको निधन संगै आएको समस्या समाधानका लागि यस क्षेत्रका अगुुवा समाजसेवी अर्जुन भुजेलको पहलमा गल्याङ नगरपालिकाले समस्या समाधानको लागि तत्कालै खेतमा पुगेर उत्पादित तरकारीको बिक्रीको व्यवस्था मिलाएको हो ।

किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि तुलसी भञ्ज्याङ सानाकिसान कृषि सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले गल्याङ नगरपालिकासँग समन्वय गरेर नगरपालिकाको जीप प्रयोग गरी उत्पादित तरकारीलाई बजार गरिएको बताए ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिका किसानको साथमा रहेकोले किसानले उत्पादन गरेका वस्तु खेर जान नदिने बताउँदै नगरपालिका नरवासीका हरेक दुःख सुखम साथमा रहने जनाए । नगरपालिकाले किसानलाई परेको यो दुःखको समयमा गरेको सहयोगले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसान चन्द्रकान्त डुम्रेलाई राहत मिलेको भन्दै दु:खको बेला स्थानीय सरकारले देखाएको सक्रियता निकै प्रशंसनीय रहेको स्थानीय कृषि उद्यमी रुमलाल कडेलले बताए ।

लामो समयदेखि तरकारी खेती गर्दै आएका कृषक डुम्रेले करिव १० रोपनी जमीनमा तरकारी खेती गररे वार्षिक करिव ४ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । दुःखमा परेको बला नगरपालिका लगायत स्थानीय बासिन्दाले गरेको सहयोगले आफुमा कामको लागि थप आत्मबल बढेको समेत उनले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ७ : ०८ बजे

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा