१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरुहुँदै, बैठकको सुरुमै मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षीको तयारी



बुटवल । लुम्बिनी प्रदेशको आजबाट सुरुहुने अधिवेशन तनावपूर्णहुने संकेत देखापरेका छन् । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा माग्ने तयारीमा जुटेपछि अधिवेशन तनावपूर्ण हुने अनुमान गरिएको छ ।

संसदलाई छलेर मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै आवाज उठाउने बताएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकार अल्मतमा रहेकाले आफूहरूले संसदमा मुख्यमन्त्रीको राजीनामा माग्ने बताए । उनले भने, ‘सरकार स्पष्ट अल्पमतमा देखिएको छ । अब मुख्यमन्त्री पदमा बसिरहन उहाँसँग बहुमत छैन । हामी राजीनामा मागिरहेका छौं । आजको बैठकमा पनि माग्ने छौं ।’

विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध जेठ २६ गते दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गराएपनि त्यस उपर छलफल गराउन प्रदेशप्रमुखले अस्विकार गरेपछि विपक्षी गठबन्धनको अधिवेशनको दिनबाटै आक्रमकरुपमा प्रस्तुत हुने रणनीति छ ।

उता मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा आउनसक्ने विरोधको सामना गर्न आज बिहानै एमाले संसदीयदलको बैठक बोलाएका छन् । अहिले एमालेको संसदीयदलको बैठक जारी छ । बैठकमा पार्टीको भुमिका र बजेटको तयारीका सम्बन्धमा बैठकमा छलफल भईरहेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

प्रदेश प्रमुख धर्मनाथ यादवले आज मध्यान्ह १ बजेबाट सुरु हुने गरि बजेट अधिवेशन आह्वान गरे अनुसार आजबाट बुटवलमा प्रदेशसभाको आठौं अधिवेशन सुरुहुँदै छ ।

उता सरकारले भने राष्ट्रिय सभाको उपनिर्वाचनको भएको मतदानले प्रदेश सरकारले अल्पमतमा भएको पुष्टि नहुने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अन्य प्रयोजनको निर्वाचनले सरकार अल्पमतमा भएको आफूहरूले स्वीकार नगर्ने बताए ।

सोमवार भएको राष्ट्रियसभा उपनिर्वाचनमा ८३ प्रदेश सांसदमध्ये ४२ मत विपक्षी गठबन्धनको उम्मेदवारलाई परेको थियो भने एमालेका उम्मेदवारले ४० मत ल्याएका थिए । निर्वाचनमा १ मत बदर भएको थियो ।

बुधवारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट बोल्ने प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्ने गरी कार्यसूची तय भएको छ ।

प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालीन अन्तरिम आदेशबाट सांसद पद पाएका जनता समाजवादी पार्टी (जसपा) ४ जनासहित ६ र राजमोका १ सांसद छन् । जसपाका ४ सांसद सरकारमा छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १० : ३१ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार