७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन सुरु, विपक्षीको एउटै आवाज : मुख्यमन्त्री राजीनामा देऊ



बुटवल । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजबाट सुरु भएको छ । प्रदेशसभा भवन बुटवलमा दिनको १ बजेबाट सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमा सभामुखले प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने उनले मन्त्रीपरिषद हेरफेर, दुई प्रदेश सदस्यले पदबाट दिएको राजिनामाका बारे सभालाई जानकारी गराएका थिए ।

बैठकमा शुभकामना दिन समय लिएर बोल्ने सांसदहरुले संघीय सरकारका प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री शंकर पोखरेलको चर्को विरोध गरेका थिए । उनीहरुले संविधानलाई ट्रयाक देखि बाहिर लगेर निरंकुशता लाड्न खोजिएको भन्दै सरकारको बिरोध जनाएका थिए ।

पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलको प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अबैधानिक रहेको बताए । उनले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पोेखरेलले अबिलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पोखरेलले अदार्श र नैतिकता देखाउन आवश्यक रहेको बताए ।

नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले संघीय सरकारका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति जस्तो गरिमामय सास्थालाई बालुवाटारको कारिन्दाकारुपमा परिचालन गरिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले राष्ट्रपतिलाई आदेश दिएर कोरोना विरुद्धको खोप भिक्षा माग्न लगाएर संस्थाको अपमान र विश्व समुदायमा मुलुकको गरिमा घटाएको आरोप लगाए । कार्यकारी अधिकार भएको सरकार छाँयामा बसेर राष्ट्रपतिलाई कारिन्दा सरह बिभिन्न देशका प्रमुखहरुलाई फोन गर्न आदेश गरेको बरालले टिप्पणी गरे ।

जनता समाजवादी पार्टीका संसदीयदलका नेता सहजराम यादवले एमालेले सत्ता टिकाउनका लागि अन्य पार्टी फोड्दै हिँडेको आरोप लगाए । एमालेले सत्ताको दुरुपयोग गर्दै अर्को पार्टीको संसदीय दलको नेता परिवर्तन गरेको बताउंदै एमादलेको कार्यालयमा बसेर अर्को पार्टीको संसदीयदलको नेता परिवर्तनको अधिकार नभएको बताए ।

बैठकमा सदस्यहरु विरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गरेका थिए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल