१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

हाजिर भएको २७ दिनमा प्रहरी निरिक्षकको सरुवा, स्थानीय भन्छन् चोरी तस्करी विरुद्ध कडाई गरेपछि सरुवा गरियो



बुटवल । रूपन्देहीको भैरहवा स्थित वडा प्रहरी कार्यालयमा प्रमुखको रूपमा आएका प्रहरी निरीक्षक हाजिर भएको २७ दिनमै सरुवा भएका छन् ।

सरुवा भएर आएको २७ औ दिनमै अन्त सरुवा गरिएपछि स्थानीयले सरुवाको कारण खोजेका छन् । खोलामा अबैध उत्खनन र सुर्तिजन्य पदार्थ गुट्खा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएपछि उनको सरुवा गरिएको स्थानीयले आरोप लगाएका छन् ।

गत वैशाख १० गते कार्यालयमा हाजिर भएका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेलाई प्रहरी प्रधान कार्यालयले गत जेठ ६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनेगरी काज सरुवा गरेको छ ।

घिमीरे कार्यालय प्रमुख भएर आए लगत्तै चोरी तस्करी नियन्त्रणलाई निसाना बनाएर काम अगाडी बढाएको र भारतबाट चोरी तस्करी भएर आएको चिनी तथा बिभीन्न सामान र समान ल्याउने ब्यक्तिलाई समेत पक्राउ गरेका थिए भने नदिजन्य सामाग्रीको घाटगद्दी नगरेर सिधै बिक्रि वितरण गरेको भन्दै केहि टिप्परहरुलाई नियन्त्रणमा लिएका थिए । उनले २७ दिनका बीचमा ३ लाख बराबरको राजश्व समेत उठाएका थिए ।

निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्दै बजारमा रिटेलिङ गर्दै हिँडेको अवस्थामा अमृत गुटखा उद्योगको गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाएकै कारण उनको सूरवा भएको प्रहरी स्रोतले दाबी गरेको छ ।

त्यसो त यस अघि रुपन्देहीको एक प्रहरी कार्यालयका ईन्चार्जलाई डिआईजी बुटवल आउँदा भेट्न नगएको र सलाम नगरेको भन्दै प्रदेशका डिआईजी रबिन्द्र सिंह धानुकले प्रदेश कार्यालयमा कारवाही स्वरुप तानेका थिए ।

सामान्यतया तराईका जिल्लामा सरूवा भई जाने प्रहरी तथा प्रशासनिक अधिकृतको एक वर्षको कार्यकाल रहने भएपनि भिमिरेको कार्यकाल २७ दिन मात्र बनाईएको छ । उनीभन्दा अगाडि बडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजेन्द्र अधिकारी २७ महिना कार्यरत थिए । आफ्नो सरुवाका बारेमा प्रहरी निरीक्षक घिमिरेले केही बोल्न चाहेनन् । ‘मैले कुनै गल्ती गरेको छैन,’ उनले भने, ‘विभागले पठाएको ठाउँमा गएर काम गर्नु मेरो दायित्व हो ।’

यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाड प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुईटेलले प्रहरी निरीक्षकको सरूवा हेडक्वार्टरले गर्ने भएकाले आफुलाई यसबारे जानकारी नहुने बताए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ५७ बजे

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल