२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

नेपाल-खनाल निकट १७ जनसंगठनको चेतावनी : ओलीले आफ्ना शर्तहरु नमाने नयाँ पार्टी गठन



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष निकट जनसंगठनहरुले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुका सर्त मान्न तयार नभए अलग पार्टी गठन हुने चेतावनी दिएका छन् ।

नेपाल खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक चलिरहेकै समयमा बिहीबार विभिन्न १७ वटा जनसंगठनहरुले सामुहकि विज्ञप्ति जारी गर्दै पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।’

जनसंगठनका प्रमुखहरुले फागुन २८ पछि अध्यक्ष ओलीले गरेका पार्टी विधान विपरितका सबै निर्णय सच्चाउन माग गरेका छन् । उनीहरुले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको स्वेच्छाचारी कारबाही अर्थहीन भएको जिकिर गरेका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन फिर्ता लिन पनि उनीहरुले माग गरेका छन् ।

नेपाल खनाल पक्षको आज बसेको बैठकमा ओली पक्षसँग वार्तामा बसेका नेताहरुले अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकता वचाउन अन्तिमसमयसम्म प्रयत्न जारी राख्न खोजेको बताउँदै ओली पक्षले आफुहरुलाई भुलाउन मात्र लागेको बताएका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ४ : ५१ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२