१८ असार २०८३, बिहिबार | July 3, 2026

नेपाल-खनाल समुहको केन्द्रीय कमिटी बैठक आज पनि, विद्रोहको बाटो रोज्न केन्द्रीय सदस्यहरुको दबाब



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बिहीबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ । अहिले बिहान ११ बजेबाट सुरुहुने भर्चुअल बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आआफ्नो धारणा राख्नेछन् । ८८ जना सदस्य उपस्थित बैठकमा हिजो ३९ जनाले आफ्नो धारणा राखिसकेका छन् । सबै नेताहरुले धारणा राखिसकेपछि सामुहिक निस्कर्ष निकाल्दै बैठक सकिने बताइएको छ ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता र निरंकुशताले सीमा नाघेको भन्दै बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वलाई खुट्टा नकमाई वैकिल्पक बाटो तय गर्न सुझाव दिएका छन् । बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वार्ताका नाममा ओलीले आफ्नो विचार समुहका केही नेताहरुलाई भुलाएको भन्दै जवाफ माग गरेका थिए ।

संस्थापन पक्षले नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा भेट गर्दै फकाउने काम जारी राखेको छ । तर, यो समुहका दोस्रो वरियतामा रहेका केही नेताहरुले भने ओलीपक्षसँग निरन्तर वार्ता गरिरहेका छन् । बिहीबार आफ्नो धारणा राख्दै ओलीपक्षसँग छलफल गरिरहेका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ओलीले आफुहरुलाई अल्मल्याउन खोजेको भन्दै पार्टी एकता वचाउन अन्तिमसम्म प्रयत्न गरेको बताएका थिए ।

बिहीबारकै बैठकमा पोलिटब्यूरोसदसस्य त्रय प्रकाश ज्वाला, विजय पौडेल र जगन्नाथ खतिवडा एवं केन्द्रीय सदस्य राजेन्द्र राईले नेताहरु खनाल र नेपाललाई सम्बोधन गर्दै ओलीसँग नझुकी नयाँ बाटो लाग्न अपील गरेका थिए ।

हिजै नेपाल खनाल निकट १७ वटा जनसंगठनका प्रमुखहरुले समेत कुनै खुटुट नकमाई नयाँ पार्टी खोल्नुपरे पनि अघि बढ्न आग्रह गरेका थिए । उनीहरुले पार्टी विधान, संगठन र नेतृत्वसहितका सबै विषयमा जेठ २, २०७५ को अवस्थामा अध्यक्ष ओली फर्किन तयार नभए विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ११ : १२ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले