१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कृषि मन्त्रीको दाबी, – मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी छिन्। कृषिमन्त्री अर्यालले शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमनरनिरिक्षण गरेपछि यस्तो बताएकी हुन् ।

कम्पनीमा मौज्दात रहेको मलको निरिक्षण पश्चात् आयोजीत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यो सिजनका लागि मलको कुनै समस्या नभएको दाबी गरिन । तर कोभिड-१९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भएपनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको मन्त्री अर्यालले बताइन ।

‘यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यलेरप्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैन’ मन्त्री अर्यालले भनिन, ‘मलको बितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौ ।कोभिडका कारण बितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो ।’ कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासोरटिप्पणी आएपनि अहिले त्यसको समाधान भइसकेको मन्त्री अर्यालको दाबी थियो । यस विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान गरिएको उनले बताइन ।

आफू मन्त्रालयको नेतृत्वमा आएदेखि नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिइन् । कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उनले कर्मचारीहरुलाई निर्देशन दिइन । ‘मल ढुवानीमा देखिएको समस्या हामीले तत्काल सहजिकरण गरिसकेका छौ । कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुसु, मन्त्री अर्यालले भनिन्, ‘फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस् ।यसमा तपाइहरु सचेत रहनुहोला ।’

मल बितरण गर्दा कृषकहरुको पहिचान सहित मल बितरण गर्न निर्देशन दिँदै मन्त्री अर्यालले सहकारी संस्थाहरुले मल लैजाने सन्दर्भमा एकचोटी लमल लगिसकेपछि त्यसको उचित बितरणको अवस्था, मूल्य खुल्ने व्यवस्थित दस्तावेज सहित माग गर्न आउनेलाई मात्र पुनः मल उपलब्ध गराउन निर्देशन दिइन ।

मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै उनले त्यसैका लागि मल कारखाना स्थापना गर्ने प्रकृया अगाडि बढेको बताइन । आफ्नै पालामा उत्तरी नाकाबाट समेत मल ल्याउन सफल भएको भन्दै उनले मलको व्यवस्थाका लागि भारतसँग सम्झौता गर्ने प्रकृयामा रहेको बताइन । भारतसँगै बंगलादेश, चाइना, ओमान लगायतका देशहरुसँग समेत मलको विषयमा छलफल अगाडी बढेको भन्दै मन्त्री अर्यालले ती देशहरुबाट सकारात्मक सन्देश प्राप्त भएको बताइन ।

मलको समस्या छैन : कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ
यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएको छ । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो । त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको जानकारी दिइएको थियो ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन । रासायनिक मलको अभाव नरहेको र ढुवानीमा देखिएको समस्या पनि सरकारले समाधान गरिसकेकाले ढुक्‍क रहन कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : १८ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।