११ कार्तिक २०८३, बुधबार | October 28, 2026

कोभिड संक्रमित थपिनेभन्दा निको हुने दोब्बर



काठमाडौं । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ ।

लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ ।

हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् । ३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ ।

यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ ।

विगत २४ घन्टामा १४ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६२४ जनामा र छ हजार ६३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना गरी एक हजार ३८४ जना सङ्क्रमित थपिएका छन् ।

शुक्रबार १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ७३१ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ७ : १७ बजे

कात्तिक १२, १३ र १४ गते उच्चसतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा