६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानन्यायाधीस बिरामी परे, संवैधानिक इजलास स्थगित



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि परेको सुनसवाइ गर्न गठित संवैधानिक इजलास आज नबस्ने भएकोछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा बिरामी भएका कारण आजको इजलास स्थगित भएको बताइएको छ । राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी अदालत प्रशासनलाई गराएका छन् । त्यसपछि कर्मचारीले इजलासका अन्य न्यायाधीसहरुलाई इजलास नबस्ने जानकारी गराएका छन् । अब अर्को पेशी बुधबार मात्रै तोकिने सम्भावना रहेको छ ।

आइतबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले गठन गरेको वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलासमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न गरेपछि इजलास त्यसैमा अलमलिएको थियो ।

आइतबार मुल मुद्दामाथि कुनै बहस न हुन सकेको थिएन । त्यत्तिकै सकिएको इजलास हेर्दा हेर्दैमा रहेका कारण आजबाट बहस अघि बढ्ने बताइएको थियो । सरकारी पक्षले प्रश्न उठाएका वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा रहने या नरहेने भन्नेबारे निर्णय दिएपछि इजलास अघि बढ्ने अपेक्षा गरिएको थियो ।

संविधानको धारा ७६५ अनुसार केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै रिट दायर गरेका ओली पक्षका चार जना वकिलले संसदीय सुनुवाईबाट आएका ११ जना न्यायाधीस इजलासमा बस्न नमिल्ने निवदेन दिएपछि त्यसलाई हिजो सरकारी पक्षका वकिलहरुले समेत समर्थन गरेका थिए । तर प्रधानन्यायाधीस जबराले भने सबै न्यायाधीसले मुद्दा हेर्न नहुने भन्ने निवेदन फिर्ता नलिए अवहेलना कसुर ठहर्ने चेतावनी दिएका थिए ।

चिया ब्रेक अघि सरकारी पक्षका वकिलहरुले निरन्तर इजलासमाथि प्रश्न उठाएका थिए । तर चिया ब्रेकपछि पनि उनीहरु नै बोल्न खोजेपछि न्यायाधीस ईश्वर खतिवडाले रोकेका थिए । इजलासमाथि गरिएको प्रश्नले आफुहरुलाई असहज महशुस भएको प्रष्ट पार्दै खतिवडाले रिट निवदेकतर्फका वकिललाई बोल्न समय दिएका थिए ।

वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, टीकाराम भट्टराईले कार्यपालिकाले न्यायापालिकामाथि हावी भएको र हुर्मत लिन खोजेको आरोप लगाउँदै न्यायलयलाई स्वतन्त्र र निस्पक्ष राख्न न्यायाधीसहरु सक्षम रहेको बताएका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : २१ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको