१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमालेको सुदुरपश्चिम संसदीय दलले गर्यो प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय



कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले एमाले केन्द्रको निर्देशन विपरित प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको ओली पक्षिय केन्द्रले प्रदेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय गर्न निर्देशन गरि पनि मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

एमालेको संसदीयदलको निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट सुरक्षित अवस्थामा पुगेका छन् । यस अघि नै नेपाली कांग्रेस संसदीयदलले भट्टलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद मध्य एमाले संसदीय दलमा नेपाल पक्षको बहुमत छ ।

एमाले संसदीय दलको निर्णय अनुसार मतदान भएमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकार सुरक्षित रहन्छ । ओली पक्षले फ्लोर क्रस गरेको अवस्थामा समेत प्रदेश सरकारले नेपाल पक्षका सांसदकै समर्थनमा विश्वासको मत हासिल गर्न सक्छ । प्रदेशसभामा काँग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ११ : ०५ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो