२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रतिनिधिसभा विघटन मुद्दामा ‘एमीकस क्यूरी’ झिकाउन संवैधानिक इजलासको आदेश



काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दामा एमीकस क्यूरी झिकाउने आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनबाट दुई जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

बुधबार प्रथम सुनुवाइ भएपछि जारी आदेशमा चार सदस्यीय एमीकस क्यूरीको नाम झिकाउन भनिएको छ । ‘अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुईरदुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ’, अदालतको आदेशमा लेखिएको छ ।

इजलासले रिट निवेदकले माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । इजलासले यो मुद्दामाथि असार ९ गतेबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ । त्यसअघि विपक्षीका नाममा लिखित कारण पेश गर्न पनि आदेश दिएको छ ।

यसअघि गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संवैधानिक इजलासले पाँच सदस्यीय एमीकस क्यूरी गठन गरेको थियो । अदालतको सहयोगी भनेर चिनिने एमीकस क्यूरीले इजलासलाई राय सुझाव दिने गर्छन् । कुनै गम्भीर प्रकृतिको मुद्दामा अदालतले इजलासलाई सहयोग गर्न विशेष ज्ञान र अनुभव भएका कानून व्यवासायीहरुलाई एमीकस क्यूरीको रुपमा झिकाउने प्रचलन रहँदै आएको छ ।

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ५ : ५० बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ