३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतकाे संवैधानिक इजलासले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

संघीय संसदबाट पारित हुन नसके अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भन्दै सर्वोच्चले प्रश्न उठाएको छ । सर्वोच्चले आदेशमा संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन उपयुक्त हुने जनाएको छ ।

वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतकाले अध्यादेश विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : ४१ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट