१ माघ २०८२, बिहिबार | January 15, 2026

सर्वोच्च अदालतले नागरिकता अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका एक अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकता अध्यादेश रोक्नु गलत भएको बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अध्यादेश रोक्न अदालतबाट आएको आदेशले आफुहरु दुखित भएको बताएका छन् । ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको जिकिर गरे । उनले नागरिकता सम्बन्धी अध्यादेश रोक्दा नागरिकतासम्बन्धी समस्या थप भयावह हुने बताए ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएको थियो ।

नागरिकता अध्यादेश लगायतका माग सम्बोधन हुनेभएपछि पार्टी फुटकै अवस्थामा भएपनि प्रधानमन्त्री ओलीलाई समर्थन गरेका ठाकुरले ३ वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकताबारे कुनै निर्णय गर्न नसकेको आरोप समेत लगाए । उनले नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसाय, वैदेशिक रोजगार लगायतका राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरे ।

ठाकुरले आपसमा समन्वय गरेर काम गर्न नवनियुक्त मन्त्री यादवसहित अन्य मन्त्रीहरुलाई समेत निर्देशन दिए । त्यसअवसरमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महताले देश र जनताप्रति समर्पित भएर काम गर्र्नुपर्ने बताए ।

मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ३ : ४५ बजे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि

गगनको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन, विश्वप्रकाशको नेतृत्वमा निर्वाचन परिचालन हुने

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली