१२ बैशाख २०८१, बुधबार | April 24, 2024

असार १ देखि निषेधाज्ञा के हुन्छ ? उपत्यकाका सीडीओहरु छलफल गर्दै



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा अबस्था अब के हुन्छ ? निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) छलफल गर्दैछन् ।

दिउँसो ३ बजे सीडीओ छलफलले अब थप हुने निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्नेछ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराईबीच छलफल हुनलागेको हो ।

गृहमन्त्रालयले आर्थिक गतिविधि बढाउने गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

उपत्यकामा असार १ गतेबाट निषेधाज्ञालाई कसरी लैजाने भन्ने विषयमा छलफल गरी सीडीओ बैठकले निस्कर्ष निकाल्नेछ । यसअघि लगाईँदै आएको निषेधाज्ञा भोलि जेठ ३१ गतेरातिसम्म कायम छ ।

अहिले जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डलाई पालना गर्ने गरी थप छुट हुनसक्ने बताइएको छ । आर्थिक वर्षको अन्तिम महिना समेत भएका कारण सरकारलाई राजस्व उठाउनुपर्ने चाप बढी छ । त्यसैले पनि आर्थिक गतिविधिमा केन्द्रित हुनेगरी बैंक तथा वित्तीय संस्था र कर उठाउने सरकारी कार्यालयहरुमा केही छुट हुनसक्ने अनुमान गरिएको छ । यस्तै उपत्यकामा रोपाई सुरु गर्ने बेला भैसकेका कारण कृषिसँग सम्बद्ध क्षेत्र खुला हुनेसम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ३७ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल