४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौ उपत्यकामा १ साता निषेधाज्ञा थप, मोडालिटी भने परिवर्तन



काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप हुने भएको छ । काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बसेको थियो । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेपनि अवको निषेधाज्ञाको मोडालिटी भने परिवर्तन गर्ने भएका छन् ।​ ​आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् भने खाद्यान्न र डिपार्टमेन्ट स्टोर ११ बजेसम्म खोल्न पाइने छ । पुस्तक पसल, हार्डवेयर पसल संचालन गर्न पाईने व्यवस्था गरिएको छ । खाद्यान्ह, डिपार्टमेण्ट स्टाेर, पुस्तक पसल बिहान ११ बजे सम्म खाेल्न पाईने छ भने हार्डवेयर पसल साँझ ४ बजे पछि खाेल्न पाईने छ ।

निषेधाज्ञाबारे निर्णय गर्न आयोजित आजको बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको