१७ बैशाख २०८१, सोमबार | April 29, 2024

देउवा, प्रचण्ड र नेपालबीचको बैठक सकियो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय भएको छ ।

वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गर्ने पनि निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमा समेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । साथै, बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको ती नेताले बताए ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल गरेको र अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक जेठ सात गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपालसहितको गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएको छ । त्यसपछि गठबन्धनका नेताहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : २० बजे

१७ वर्षिय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षिक बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले