३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

१७ जिल्लामा निषेधाज्ञाको समय थप



काठमाडौं । कोरोना (कोभिड-१९) नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।

थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । सरकारले कोभिड-१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार ७७ जिल्लामध्ये ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए । केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ । धेरैजसो जिल्लामा कोरोना सङ्क्रमणको जोखिम घटेको छैन ।

उच्च ज्वरो, श्वासप्रश्वासलगायत स्वास्थ्यमा समस्या देखिएका बिरामी मात्र पीसीआर परीक्षणका लागि अस्पताल आउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार घरदैलोसम्म पुगेर कसैको परीक्षण गरिएको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५७ बजे

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

दाङ । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने

सुदुरपश्चिमका संसदीय सभापतिका लागि आजबाट निर्वाचन प्रकिया सुरू हुदैँ

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचनको प्रकिया

संसद्मा जनताका विषयवस्तु उठाएर मात्रै हुँदैन, कार्यान्वयन गर्नुपर्छ : सांसद कंसाकार

काठमाडौंं । प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर लगातार तीन वर्षदेखि उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ