४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमित थपिने दर घट्न थालेसँगै भेरी अस्पतालले दिन थाल्यो ओपीडी सेवा



नेपालगन्ज । दोस्रो लहरको कोरोना माहामारी केही मत्थर हुन थालेसँगै बैशाखको पहिलो साताबाट बन्द रहेको भेरी अस्पतालको ओपीडी सेवा आजबाट सुचारु गरिएको छ । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएको भेरी अस्पतालको ओपीडी संक्रमणको दर घट्दै गएपछि आजबाट संचालन गरिएको हो । कोरोना संक्रमित थपिने दर उच्चरुपमा बढेसँगै भेरी अस्पतालमा ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा संचालन गरिएको थियो ।

कोभिड अस्पतालकारुपमा सेवा दिने क्रममा अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार, संक्रमित बिरामीको शल्यक्रिया लगायतका सेवा दिईरहेको थियो । भेरी अस्पतालले नेपालमै सबै भन्दा ठुलो संख्यामा कोरोना संक्रमितको उपचार सेवा दिएर महामारीको बेला रेकर्ड कायम गरेको थियो । १४० वटा कोरोना संक्रमितका लागि बेड व्यवस्थापन गरेपनि अस्पतालले झण्डै ३०० संक्रमितलाई एकैपटक सेवा दिएको थियो ।

पछिल्ला सातादेखि लगातार संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले ओपीडी सेवा संचालन गर्ने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । पहिलो चरणमा एक सातासम्म एक बजेसम्म सेवा ओपीडी संचालनमा रहने र क्रमश पूर्ववत सेवा सुचारु हुने उनले बताए ।

अस्पतालको कोरोना वार्डमाअहिले पनि ७३ जना संक्रमित बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि ओपीडी सेवा शुरु गरिसकेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको