१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कोरोना संक्रमित थपिने दर घट्न थालेसँगै भेरी अस्पतालले दिन थाल्यो ओपीडी सेवा



नेपालगन्ज । दोस्रो लहरको कोरोना माहामारी केही मत्थर हुन थालेसँगै बैशाखको पहिलो साताबाट बन्द रहेको भेरी अस्पतालको ओपीडी सेवा आजबाट सुचारु गरिएको छ । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएको भेरी अस्पतालको ओपीडी संक्रमणको दर घट्दै गएपछि आजबाट संचालन गरिएको हो । कोरोना संक्रमित थपिने दर उच्चरुपमा बढेसँगै भेरी अस्पतालमा ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा संचालन गरिएको थियो ।

कोभिड अस्पतालकारुपमा सेवा दिने क्रममा अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार, संक्रमित बिरामीको शल्यक्रिया लगायतका सेवा दिईरहेको थियो । भेरी अस्पतालले नेपालमै सबै भन्दा ठुलो संख्यामा कोरोना संक्रमितको उपचार सेवा दिएर महामारीको बेला रेकर्ड कायम गरेको थियो । १४० वटा कोरोना संक्रमितका लागि बेड व्यवस्थापन गरेपनि अस्पतालले झण्डै ३०० संक्रमितलाई एकैपटक सेवा दिएको थियो ।

पछिल्ला सातादेखि लगातार संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले ओपीडी सेवा संचालन गर्ने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । पहिलो चरणमा एक सातासम्म एक बजेसम्म सेवा ओपीडी संचालनमा रहने र क्रमश पूर्ववत सेवा सुचारु हुने उनले बताए ।

अस्पतालको कोरोना वार्डमाअहिले पनि ७३ जना संक्रमित बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि ओपीडी सेवा शुरु गरिसकेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ४४ बजे

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन