२२ चैत्र २०८२, आइतबार | April 5, 2026

महाविपतको समयमा उद्दार र राहतमा सक्रिय बन्न पार्टीका नेता र कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावितहरुको उद्दार र राहतमा सक्रिय बन्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै महाविपतको समयमा राहत र उद्दार कार्यमा आआफ्नो क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

प्रचण्डले मौसमविदहरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनिकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रवैयाका कारण जनधनको ठूलो क्षति भएको आरोप लगाएका छन् ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हरेक वर्ष वर्षायाममा तराई मधेश डुब्ने र पहाडी भूभागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्दार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।’

विज्ञप्तिमार्फत प्रचण्डले बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, वेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि अनुरोध पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले उद्दार र राहतकार्यमा जुटिरहेका सुरक्षकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायको सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ११ : २८ बजे

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छु : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी