२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बाँकेमा थपिए ७ नयाँ कोरोना संक्रमित, अस्पतालका ३६१ बेड मध्य २६४ बेड खाली



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको १६८ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका ७ जना सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार बाँकेमा आज जिल्ला भित्रको मृत्यु दर शुन्य रहेको छ भने जिल्ला बाहिरका १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाकाबीचमा बाँकेमा उपचाररत ४२ जना कोरोना मुक्त भएका छन् ।

जिल्लामा अव जिल्ला भित्रका १३३ जना र जिल्ला बाहिरका ८५ जनामात्र सक्रिय संक्रमितहरुले बाँकेमा उपचार गरिरहेकाछन् । बाँकेमा १३३ जनानै होम आइशोलेसनमा रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । जिल्लाका बिभिन्न अस्पतालहरुमा ६ जना भेन्टिलेटरमा उपचार भईरहेको छ भने ३५ जना सिकिस्त र ४७ जना मध्यम खालका संक्रमितहरुको उपचार चलिरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना उपचारकालागि छुट््याईएको ३६१ बेड मध्य २६४ बेड खाली भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ०३ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा