११ चैत्र २०८२, बुधबार | March 25, 2026

कोरोना संक्रमण दर घटेकै हो त ?



काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

बुधबार देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना परीक्षण गराउन आउनेको संख्यामा कमी आएको बताए । डा.पौडेलले भने, ‘संक्रमण रोकथामका लागि भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

हेलचेक्र्याइ गर्नु हुँदैन । ‘डा.पौडेलले कोरोना परीक्षण गर्नेहरूको संख्यामा कमी आएको बताए । संक्रमितको संख्याकम देखिए पनि जोखिम भने कायम नै रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर ८८.५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४३ हजार ५ सय २१ जना संक्रमित निको भइसकेका छन् । हाल देशभरका अस्पतालमा ९ सय २ जना आईसीयू र २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ३७ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग