१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बाँकेमा थपिए १० नयाँ कोरोना संक्रमित, मुत्युको संख्या आजपनि शुन्य, बाँकेका अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ भने बाँकेमा आज मृत्युदर शुन्य रहेको छ । आज ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको डीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा आज सम्ममा जिल्ला भित्रका ९५ सक्रिय संक्रमित बाँकी रहेका छने भने जिल्ला बाहिरका ८७ जनाको बाँकेमा उपचार भईरहेको छ । अस्पतालहरुमा ५ जना भेन्टिलेटरमा २९ जना सिकिस्त र ४५ जना मध्यम अवस्थाका संक्रमितहरुको उपचार भईरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना संक्रमितका लागि छुट्याईएको ३६१ बेड मध्य २७२ बेड खाली भईसकेका छन् । यहि अवस्थामा सुधार हुँदै जाने हो भने केहिदिनमा अस्पतालका सबै बेडहरु खाली हुन सक्ने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४५ बजे

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।