१८ चैत्र २०८२, बुधबार | April 2, 2026

आज राती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाबाट जानकारी



बुटवल । आज (शनिबार) राति चारवटा प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार राती देशभर सामान्य देखि पूर्ण बदली रहने  छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले लुम्बिनी प्रदेश तथा बागमती प्रदेशका थोरै स्थान र प्रदेश १, गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको सूचित गरेको छ ।

महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाले आईतबारको मौसमको पूर्वानुमान गर्दै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने छ । त्यसैगरि लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन माहाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४८ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”