१८ पुस २०८२, शुक्रबार | January 2, 2026

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै, आर्थिक क्षेत्र चलायमान कसरी होला ?



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञाबारे निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दैछ ।

अहिलेसम्मको निषेधाज्ञाको समीक्षा गरेर थप कसरी अगाडि बढ्ने विषयमा सीडीओहरुको बैठक बस्न लागेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले दिउँसो ३ बजेपछि बैठक बस्ने तयारी गरेका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा लाग्दै आएको छ । पछिल्लो केही दिन यता भने उपत्यकाभित्रको संक्रमण दर र संख्यामा उल्लेख्य कमी आएको छ ।

अब पनि निषेधाज्ञा थप हुने बताइएको छ । तर कुन कुन क्षेत्र खुला गर्न दिने भन्नेबारे सीडीओहरुको बैठकले निर्णय गर्नेछ ।

अहिले खाद्यान्न, तरकारी, मासु, दुध पसल बिहान ११ बजेसम्म खोल्नलाई छुट दिइएको छ । यसैगरी निर्माण सामाग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खोल्न दिइएको छ ।

बैंक तथा वित्तीय संस्था पनि अघिल्लो हप्तामा भन्दा बढी खुला भएका छन् । असार महिना भएका कारण सरकारलाई राजस्व उठाउनुपर्ने दायित्व छ । त्यसैले आर्थिक कारोबार बढी गराउने गरी केही निर्णय हुनसक्ने बताइएको छ । यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : २५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही

स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा दोस्रो राधाकृष्ण फुटसल प्रतियोगिता

बुटवल । स्व. ईश्वरी प्रसाद ज्ञवालीको स्मृतिमा मुख्य प्रायोजन गरेको