२३ चैत्र २०८२, सोमबार | April 6, 2026

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै, आर्थिक क्षेत्र चलायमान कसरी होला ?



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञाबारे निर्णय गर्न आज प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दैछ ।

अहिलेसम्मको निषेधाज्ञाको समीक्षा गरेर थप कसरी अगाडि बढ्ने विषयमा सीडीओहरुको बैठक बस्न लागेको हो । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओले दिउँसो ३ बजेपछि बैठक बस्ने तयारी गरेका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा लाग्दै आएको छ । पछिल्लो केही दिन यता भने उपत्यकाभित्रको संक्रमण दर र संख्यामा उल्लेख्य कमी आएको छ ।

अब पनि निषेधाज्ञा थप हुने बताइएको छ । तर कुन कुन क्षेत्र खुला गर्न दिने भन्नेबारे सीडीओहरुको बैठकले निर्णय गर्नेछ ।

अहिले खाद्यान्न, तरकारी, मासु, दुध पसल बिहान ११ बजेसम्म खोल्नलाई छुट दिइएको छ । यसैगरी निर्माण सामाग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खोल्न दिइएको छ ।

बैंक तथा वित्तीय संस्था पनि अघिल्लो हप्तामा भन्दा बढी खुला भएका छन् । असार महिना भएका कारण सरकारलाई राजस्व उठाउनुपर्ने दायित्व छ । त्यसैले आर्थिक कारोबार बढी गराउने गरी केही निर्णय हुनसक्ने बताइएको छ । यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : २५ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको