१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सार्वजनिक यातायातको नक्कली पास बनाई निषेधाज्ञाको अवज्ञा गर्ने ४ जना पक्राउ



बुटवल । निषेधाज्ञाका बेला नक्कली सेवारी पास बनाई सवारी साधन सञ्चालन गर्ने ४ जनालाई रुपन्देही प्रशासनले कोभिड-१९ नियन्त्रण अध्यादेश २०७८ बमोजिम कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने ४ जनालाई कारवाही गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

निषेधाज्ञा सकिन १ दिन बाँकी रहँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गुल्मी धुर्कोट नगरपालिका वडा नं.७ का बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका वडा नं.११ रुपन्देहीका रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका वडा नं.१२ का मनोज गैरे र गुल्मी मुसिकोट नगरपालिका वडा नं.७ का विपिन काफ्लेलाई पक्राउ गरि मुद्दा चलाएको हो ।

पक्राउ परेकाहरुले नक्कली पास प्रयोग गरि बुटवल र यस आसपासमा सवारी साधनमा सवारी बोक्ने, निषेधाज्ञा विपरित भाडामा सवारी आवागमन गराउने जस्ता कार्य गरेको भन्दै प्रहरीले कोभिड-१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ अनुसार उनीहरुलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा चलाएको थियो ।

अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पक्राउ परेका ४ जना मध्य बिनोद घिमिरे, रोलक बहादुर बुढाक्षेत्री र विपिन काफ्ले समेत ३ जनालाई जनही रु.५०,०००।–जरिवाना र मनोज गैरेबाट रु.५,०००।–जरिवाना तोकिएको थियो । पक्राउ परेका चारैजनाले तोकिएको जरिवाना वापतको रकम रु.१,५५,०००।–बुझाई रिहा भएकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : १६ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति