१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सार्वजनिक यातायातको नक्कली पास बनाई निषेधाज्ञाको अवज्ञा गर्ने ४ जना पक्राउ



बुटवल । निषेधाज्ञाका बेला नक्कली सेवारी पास बनाई सवारी साधन सञ्चालन गर्ने ४ जनालाई रुपन्देही प्रशासनले कोभिड-१९ नियन्त्रण अध्यादेश २०७८ बमोजिम कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गरी नक्कली पास बनाई सवारी साधन चलाउने ४ जनालाई कारवाही गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

निषेधाज्ञा सकिन १ दिन बाँकी रहँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गुल्मी धुर्कोट नगरपालिका वडा नं.७ का बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका वडा नं.११ रुपन्देहीका रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका वडा नं.१२ का मनोज गैरे र गुल्मी मुसिकोट नगरपालिका वडा नं.७ का विपिन काफ्लेलाई पक्राउ गरि मुद्दा चलाएको हो ।

पक्राउ परेकाहरुले नक्कली पास प्रयोग गरि बुटवल र यस आसपासमा सवारी साधनमा सवारी बोक्ने, निषेधाज्ञा विपरित भाडामा सवारी आवागमन गराउने जस्ता कार्य गरेको भन्दै प्रहरीले कोभिड-१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ अनुसार उनीहरुलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा चलाएको थियो ।

अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पक्राउ परेका ४ जना मध्य बिनोद घिमिरे, रोलक बहादुर बुढाक्षेत्री र विपिन काफ्ले समेत ३ जनालाई जनही रु.५०,०००।–जरिवाना र मनोज गैरेबाट रु.५,०००।–जरिवाना तोकिएको थियो । पक्राउ परेका चारैजनाले तोकिएको जरिवाना वापतको रकम रु.१,५५,०००।–बुझाई रिहा भएकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : १६ बजे

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने