१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

खुकुलो बनाउँदै रुपन्देहीमा थपियो १ साता निषेधाज्ञा



बुटवल । निजी सवारी साधन चल्न पाउने, सरकारी कार्यालय खुल्ने र व्यापार व्यवसाय निर्धारित समयमा संचालन गर्न पाउने निर्णय गर्दै रुपन्देहीमा १ साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

रुपन्देहीमा घट्दो कोरोना संक्रमण दर घटेपनि पूर्ण नियन्त्रणमा आईनसकेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामान ले जारी गरृको आदेशमा उल्लेख गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधन जोर(विजोर प्रणाली अनुसार चल्न पाउने, सरकारी कार्यालय खुल्ने तथा व्यापार व्यवसाय निश्चित समय खोल्न पाउने गरि निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि भएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो ।

थप गरिएको निषेधाज्ञामा सार्वजानिक सवारी साधनलाई भने रोक लगाईएको छ भने भेला भिडभाड, महोत्सव, जात्रा सञ्चालन गर्न,सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि यस अघि भएको निषेधाज्ञालाई निरन्तरता दिईएको छ ।

त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना पनि रोक लगाउने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । त्यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ११ बजे

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स