१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, अधिकांश व्यवसाय आलोपालोमा सञ्चालन (सूचीसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ ।

आज देखि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको पनि उनले बताए ।

उनका अनुसार आइतवार, मंगलवार र बिहीवार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्युटर पसल) खोल्न दिइनेछ । त्यस्तै सोमवार, बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर(ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर(ग्रोसरी), पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ ।

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न दिइने प्रजिअ पराजुलीले जानकारी दिए ।

विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ ।

पछिल्लो निर्णय अनुसार उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ३२ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली