१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

ओलीको अहंकारले संसद विघटन भयो, कोर्स करेक्सन गर्न सकिन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले गल्ती स्वीकार गरेर आए उनलाई स्वागत गरिने बताएका छन् ।

पाँच विपक्षी गठबन्धनका नेताहरुद्वारा संसद भवनमा सम्पादहरुसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले विगतमा गरेका गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताएका हुन् ।

नेता नेपालले केपी ओलीले आफुहरुलाई गरेको र गर्ने कारवाहीको कुनै अर्थ नभएको दाबी गरे ।

ओलीले संविधान विपरीत संसद नै भंग गर्ने काम गरेकोले आफुहरु विपक्षी गठबन्धन सक्रिय भएको उनले जिकिर गरे । ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

ओलीका कारण देशमा संकट उत्पन्न भएको बताउँदै नेता नेपालले देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सबैले हातेमालो गर्नुपर्ने बताए । उनले भने, सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ ।’

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ३ : ३८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग