७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओलीको अहंकारले संसद विघटन भयो, कोर्स करेक्सन गर्न सकिन्छ : माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले गल्ती स्वीकार गरेर आए उनलाई स्वागत गरिने बताएका छन् ।

पाँच विपक्षी गठबन्धनका नेताहरुद्वारा संसद भवनमा सम्पादहरुसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले विगतमा गरेका गल्ती स्वीकारेर आएर उनलाई स्वागत गर्न सकिने बताएका हुन् ।

नेता नेपालले केपी ओलीले आफुहरुलाई गरेको र गर्ने कारवाहीको कुनै अर्थ नभएको दाबी गरे ।

ओलीले संविधान विपरीत संसद नै भंग गर्ने काम गरेकोले आफुहरु विपक्षी गठबन्धन सक्रिय भएको उनले जिकिर गरे । ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने उनले विश्वास व्यक्त गरे ।

ओलीका कारण देशमा संकट उत्पन्न भएको बताउँदै नेता नेपालले देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सबैले हातेमालो गर्नुपर्ने बताए । उनले भने, सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ ।’

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ३ : ३८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई