५ चैत्र २०८२, बिहिबार | March 20, 2026

भलुहीको कामधेनु गौशालाका गाईवाच्छालाई खोरेत विरुद्ध खोप



बुटवल । देवदह नगरपालिका वडा नं १० भलुहीस्थित कामधेनु गौशालाका ३ सय बढि गाईबाच्छालाई खोरेत विरुद्धको खोप दिइएको छ ।

देवदह नगरपालिकाको सहयोग तथा देवदह पशुसेवा शाखा कार्यालयको प्राविधिक सहयोगमा खोप लगाईएको हो । पशु सेवा शाखा प्रमुख हर्क दानीले प्रदेश सरकारबाट उपलब्ध भएको ९ हजार डोज निर्धारित समयावधीमै नगरका गाईभैसीलाई लगाएर सकेको बताए । ‘फागुन १८ बाट शुरु गरिएको खोप अभियानमा चैत १८ गतेसम्म नगरका गाईभैसीहरुलाई खोप लगाएर सकेका थियौ’– उनले भने । नगरमा करीब १० हजार बाख्रालाई पिपिआर भ्याक्सिन तथा बुगुरलाई स्वाईन फिभरको भ्याक्सिन पनि लगाईएको उनले बताए । पशुमा रोग लाग्नुभन्दा अघि खोप लगाउनुपर्ने उनको सुझाव छ ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाहरुमा आर्थिक वर्ष २०७६÷० ७७ बाट भ्याक्सिनेटर कार्यक्रम चलाइएको छ । चैतको दोस्रो हप्तामा नवलपरासीदेखी यो कार्यक्रम सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले अध्ययन गरी तराईको ६ जिल्लाहरुमा खोरेत रोग उन्मूलन अभियान प्रारम्भ गरेको छ ।

कामधेनु गौशालाका गोवर्ती योगि सोमराजनी महाराजले छाडा गाईबाछाहरुको संरक्षणको अभियानलाई आफुले अगाडि बढाएको बताए । नगर क्षेत्रमा छाडा चौपायाले सडक दुर्घटना बढाईरहेको बेला संरक्षण अभियानबाट दुर्घटना र मानव क्षतिलाई कम गर्न सफल भएको उनले जनाए ।

त्यसो त, दुधालु गाई पाल्ने र उमेर पुगेपछि गाईबस्तु सडकमा छोडिदिने कारणले छाडा चौपाया बढ्दा धेरै स्थानीय पालिकाले समस्या व्यहोरिरहेका छन् । तर देवदहमा भने छाडा चौपायाको व्यवस्थापनका लागि नमुना गौशाला नै स्थापना भएको छ । सोही गौशालाका गाईबाच्छालाई खोरेत विरुद्धको खोप लगाइएको हो । गौशाला संचालनका लागि नजिकका नगरपालिकाबाट समेत विभिन्न समयमा अनुदान उपलब्ध हुँदै आएको योगि सोमराजनी महाराजले बताएका छन् । धार्मिक वन स्थापना गरेर गौशालामा संरक्षणलाई अघि बढाइएको छ ।

सन् २००२ मा गोन्गोलले गरिएको एक अध्ययनमा खोरेत रोगले नेपालमा बार्षिक ७ अर्व ७५ करोड ५० लाख बरावरको क्षति गराएको अवस्था छ । खोरेत रोगकै कारण पशुजन्य उत्पादनहरु विदेश निर्यात गर्नसमेत समस्या परिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ४० बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको